काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

संस्थाको मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १०४.४२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १०७.५३ प्रतिशतले बढेर ४ करोड ९३ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा २ करोड ३७ लाख रुपैयाँ रहेको थियो। 

प्रथम त्रैमासमा संस्थाले खुद ब्याज आम्दानीबापत ७ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा ९ करोड ९९ लाख रुपैयाँ थियो।

संस्थाले समीक्षा अवधिमा २ अर्ब ३४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब १९ करोड रुपैयाँ सापटी लिई ३ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको रिजर्भको आकार ८६.४६ प्रतिशतले बढेर ३२ करोड ३२ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भको आकार १६ करोड २६ लाख रुपैयाँको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २६.९९ प्रतिशतले घटेर २७.५५ रुपैयाँमा सीमित बनेको छ। गत वर्ष संस्थाको ईपीएस ३७.७४ रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २८.७१ गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ १६६.८५ रुपैयाँ रहेको छ।