काठमाण्डौ । एनएलजी इन्स्योेरेन्सले लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

कम्पनीको मंगलबार सबेको १९४ औ बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

संचालक समितिको यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पनि पारित हुनुपर्ने छ । 

यो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ३५ लाख रुपैयाँ खूद नाफा कमाएको थियो । 

कम्पनीको चुक्तापूँजी ४० करोड ९८ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस वितरणपछि चुक्तापूँजी ५१ करोड २२ लाख पुुग्नेछ ।