काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड २५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा ४ करोड ३५ लाखमा सीमित थियो । 

कम्पनीले बिमा शुल्कबाट हुने आम्दानीमा पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष १३ करोड ८९ लाख रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा १८ करोड ४२ लाखको उचाई चुमेको छ । 

पुनर्बिमा कमिसनबाट हुने आयमा समेत सामान्य बढोत्तरी भएको छ । अघिल्लो वर्ष यस्तो आय ४ करोड ६१ लख रहेकोमा बढेर यो वर्ष ४ करोड ७७ लाख पुुगेको छ । कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयमा भने निकै ठूलो फड्को मारेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो आय ८५ लाख ३८ हजार रुपैयाँ रहेकोमा बढेर यो वर्ष १ करोड ३९ लाख ६१ ह्जारको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा यो बिमा कम्पनीले ५ करोड ३४ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ५ करोडमा सीमित थियो । 

यो अवधिमा कम्पनीको व्यवस्थापन खर्च नियन्त्रणमै रहेको देखिएको छ । अघिल्लो वर्ष ३ करोड २८ लाख रहेको यस्तो खर्च यो वर्ष ३ करोड ७५ लाख रहेको छ । 

एनएलजी इन्स्योरेन्सले यो अवधिमा बिमा कोषलाई मजबुत बनाएको छ । अघिल्लो वर्षको यही अवधिमा ४८ करोड ९९ लाख रुपैयाँ रहेको कोषमा समीक्षा अवधिमा ६१ करोड ४४ लाख जम्मा भएको छ । १७ करोडमा सीमित जगेडाकोषलाई १८ करोड ९० लाखको उचाईमा पुर्याएको छ भने महाविपत्ति जगेडा भने केही खुम्चिएको छ । अघिल्लो वर्ष यस्तो जगेडामा ३ करोड ७ लाख रुपैयाँ रहेकोमा यो वर्ष ३ करोड ५ लाखमा सीमित बन्न पुुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४१.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६२.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.९९ गुणा कायम भएको छ ।