काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ७ करोड ८५ लाख खूद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा ७ करोड ३७ लाखमा सीमित थियो । 

यो अवधिमा कम्पनीले ७३ करोड बढी बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६७ करोड ९० लाखको हाराहारीमा बिमा शुल्क आर्जन भएको थियो।

समीक्षा अधिमा कम्पनीको पुनर्बिमा कमिसनबाट हुने आय १० करोड रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ५७ लाखमा सीमित थियो । यस्तै, लगानी कर्जा तथा अन्यबाट हुने आय २ करोड ९४ करोड भएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आय २ करोड ५ लाखमा सीमित थियो । 

यो अवधिमा कम्पनीले १४ करोड ४७ लाख बढी दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी १४ करोड ७४ लाख रुपैयाँ रहेको थियो । 

कम्पनीको जगेडाकोषमा कमालको प्रगति देखिएको छ । अघिल्लो वर्ष ७ करोड ७७ लाख रहेको यस्तो कोषको आकार बढी यो वर्ष १७ करोड ७५ लाखको उचाईमा पुुगेको छ । 

कम्पनीको बिमाकोषमा ६२ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्ष यही अवधिमा ५० करोड ३१ लख जम्मा भएको थियो।

समीक्षा अवधिमा एनएलजीको प्रतिसेयर आम्दानी ३०.६६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६४.०३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.५२ गुणा कायम भएको छ ।