काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । 

सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजी २५ प्रतिशतको दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । यो निर्णय अनुसार कम्पनीले १२ करोड ८० लाख ८१ हजार २ सय ५० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । 

बोनस सेयर वितरणको क्रममा लाग्ने कर समेत कम्पनीले नै व्यहोर्ने गरी संचालक समितिले १.३१५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने समेत निर्णय गरेको छ । 

यो निर्णय बिमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

हाल यो निर्जीवन बिमा कम्पनीको चुक्तापूँजी ५१ करोड २३ लाख रुपैयाँ रहेको छ । बोनस सेयरपछि कम्पनीको पूँजी ६४ करोड माथि पुुग्नेछ ।