काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको अवधि थपेको छ। 

विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितलाई ध्यानमा राखेर हकप्रद सेयर निष्कासन अवधि थप १५ बढाइएको कम्पनीले जनाएको छ। 

कम्पनीले गत फागुन २२ गतेबाट १०० रुपैयाँ अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद निष्कासन गरेको छ। हकप्रद चैत १२ गतेसम्म आवेदन दिन सकिने भनिएको थियो। तर कम्पनीले एक सूचना प्रकाशित गरी अब हकप्रदमा चैत २७ गतेसम्म खरिद आवेदन दिन सकिने जनाएको छ। 

कम्पनीको हाल कायम चुक्तापूँजीको ६० प्रतिशतका दरले हकप्रद सेयर निश्कासन गरी पूँजी बढाउने योजना अनुरुप सेयर निश्कासन गरेको हो। 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ। 

एनएलजी इन्स्योरेन्सको हकप्रदका लागि बुक क्लोज मिति माघ २७ गतेलाई तोकिएको थियो। यसको अर्थ माघ २६ गतेभित्र यो कम्पनीको सेयर किनेर सेयरधनी कायम भएकाहरुले हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन्। 

हाल यो कम्पनीको चुक्तापूँजी ६४ करोड ४ लाख रुपैयाँ रहेको छ। हकप्रदको निश्कासन र समायोजनपछि चुक्तापूँजी बढेर १ अर्ब २ करोडको उचाईमा पुग्नेछ।