काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बेच्ने भएको छ। 

कम्पनीले अवितरित १ लाख ६१ हजार ७८ कित्ता हकप्रद सेयर लिलामीमार्फत बेच्ने भएको हो। कम्पनीले छिटै लिलामी प्रक्रियाका लागि मिति तय गर्नेछ। 

कम्पनी गत चैत १२ गतेदेखि असार २५ गतेसम्म चुक्तापुँजीको १०ः६ को अनुपातमा प्रतिकित्ता रु. १०० अंकित ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद बिक्री खुलाएको थियो। जसमा ३६ लाख ८१ हजार ३५९.५० कित्तामात्र बिक्री भएको थियो। अब बिक्न बाँकी रहेका १ लाख ६१ हजार ७८ कित्ता हकप्रद सेयर कम्पनीले लिलामीमार्फत बेच्नेछ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

कम्पनीको चुक्तापुँजी ६४ करोड ४ लाख रुपैयाँ रहेको छ। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २ करोड रुपैयाँ पुग्नेछ।