काठमाण्डौ । सानिमा बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ४४ लाख खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको खूद नाफा २७ करोड १६ लाखमा सीमित थियो । 

यो अवधिमा बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ५३ करोड २९ लाख खूद ब्याज आम्दानी भएकोमा यो वर्ष त्यस्तो आम्दानी ५९ करोड ४५ लाख भएको हो । 

बैंकले यो अवधिमा ६४ अर्ब १३ करोड निक्षेप संकलन गरी ५७ अर्ब २८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४८ अर्ब ६९ करोड निक्षेप संकलन गरी ४४ अर्ब ६० करोड कर्जा परिचालन गरेको थियो । 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) घटेको छ भने निस्क्रिय कर्जा(एनपिएल) बढेको छ । निस्क्रिय कर्जा गत वर्षको पहिलो त्रैमासमा ०.०५ प्रतिशत रहेकोमा यो वर्ष बढेर ०.१४ प्रतिशत पुुगेको हो । यस्तै, गत वर्ष २०.१९ रुपैयाँ रहेको प्रति सेयर आम्दानी घटेर यो वर्ष १६.७२ पैसामा खुम्चिएको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर नेटवर्थ ११७.५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.७६ गुणा कायम भएको छ । 

गत वर्षको पहिलो त्रैमाससम्म ५ अर्ब २७ करोड रहेको चुक्तापूँजी बढेर ८ अर्ब माथि पुर्याएको बैंकले जगेडाकोषमा पनि सुधार गरेको छ । गत वर्ष पहिलो त्रैमाससम्म १ अर्ब १ करोड रुपैयाँ रहेको जगेडाकोषमा यो वर्षको सोही अवधिमा १ अर्ब ४३ करोड रुपैयाँ जम्मा भएको छ ।