Profit Up
काठमाण्डौ । हालै, वार्षिक साधारणसभा गरी ३२ प्रतिशत बोनस सेयर र ८० प्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तुलनामा खूद नाफा यो बैंकले चमात्कारिक ढंगले बढाएको हो ।
नेपाल बंगलादेश बैंकले खूद नाफा ८०.१७ प्रतिशतले वृद्धि गरेको छ ।
एनबी बैंकले बिहीबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ४८ लाख मात्र खूद नाफा आर्जन भएकोमा यो वर्ष सोही अवधिमा २२ करोड ५० लाख खूद नाफा भएको छ ।
अघिल्लो वर्ष सोही अवधिमा १९ करोड ६४ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष ३२ करोड ९४ लाखको उचाईमा पुगेको छ ।
यो बैंकको चुक्तापूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा २ अर्ब २५ करोड रुपैयाँ छ ।
एनबी बैंकले पहिलो त्रैमासमा ३९ अर्ब ६० करोड निक्षेप संकलन गरी ३४ अर्ब २७ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ३४ अर्ब ६६ करोड निक्षेप संकलन गरी २६ अर्ब ९७ करोड कर्जा प्रवाह गरेको थियो ।
अघिल्लो वर्षको पहिलो त्रैमासमा १.२६ प्रतिशत रहेको निस्क्रिय कर्जा दरलाई घटाएर चालु आबको सोही अवधिमा १.१६ प्रतिशतमा झारेको छ ।
बैंकको प्रति सेयर आम्दानी रु.२२, प्रतिशेयर नेटवर्थ रु.१५६ र मूल्य आम्दानी अनुपात ४० गुणा कायम भएको छ ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago