काठमाण्डौ । नेपाल बैंक संघ (एनबीए)को अध्यक्ष एनएमबि बैंकका सीईओ सुनील केसी सर्वसम्मत रुपमा चयन भएका छन्। 

एनएबीको आज काठमाण्डौको ठमेलस्थित अलफ्ट होटेलमा सम्पन्न विशेष साधारणसभाले एनबीएको नयाँ अध्यक्षमा केसीलाई सर्वसम्मतिबाट चयन गरेको हो। 

यसअघि केसी एनबीएको उपाध्यक्ष थिए। 

सोही सभाले एनबीएको उपाध्यक्षमा सन्तोष कोइरालालाई सर्वम्मत रुपमा चयन गरेको छ। उनी माछापुच्छ्रे बैंकका सीईओ हुन्। 

त्यसैरी सभाले एनबीएको सदस्यमा स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीईओ अनिर्भन घोष दस्तीदार चयन भएका छन्।