काठमाण्डौ । एनबी इन्स्योरेन्स कम्पनी लिमीटेडले चुक्तापूँजी बढाउने उद्देश्यले सेयरधनीहरुलाई १ बराबर १ अर्थात सत्प्रतिशत हकप्रद दिने घोषणा गरेको छ । 

कात्तिक २६ गते बसेको कम्पनीको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई एकसय प्रतिशत हकप्रद दिने निर्णय गरेको शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचनामा जनाइएको छ ।

यो निर्णय नियामक बिमा समिति र कम्पनीको  आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्छ । कम्पनीको वार्षिक साधारणसभा आगामी मंसिर १७ गते हुँदैछ । 

यसअघि एनबी इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ८० प्रतिशत हकप्रद दिएको थियो । 

यो इन्स्योरेन्सले आर्थिक वर्ष २०७२/७३ मा  ४ करोड ३६ लाख खूद नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी २४ करोड ४९ लाख रुपैयाँ रहेको छ । सत्प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी ४९ करोड ९८ लाख रुपैयाँ पुग्नेछ ।