काठमाण्डौ । एनबी इन्स्योरेन्सले एकसयप्रति हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो कम्पनी हकप्रद निश्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा पुुगेको हो । 

सन् २०१६ डिसेम्बर ४ मा सम्पन्न एनबी इन्स्योरेन्सको वार्षिक साधारणसभाले १ बराबर १ को अनुपातमा(१०० प्रतिशत) हकप्रद निश्कासनको प्रस्तावलाई स्वीकृत गरेको थियो । बोर्डका अनुसार एनबी इन्स्योरेन्सले कुल २७ लाख कित्ता हकप्रद निश्कासन गर्नेछ । 

यो कम्पनीले हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि ग्लोबल आइएमई क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धक तोकेको छ । 

यसअघि समेत यो कम्पनीले १० बराबर ८ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । यो हकप्रदबाट कम्पनीको चुक्तापूँजी वृद्धि भई २७ करोड पुुगेको थियो । 

हाल धितोपत्र बोर्डमा प्रस्ताव गरिएको हकप्रदपछि कम्पनीको चुक्तापूँजी ५४ करोड पुुग्ने जनाइएको छ ।