काठमाण्डौ । एनबी इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ १३७.२६ प्रतिशतको वृद्धि हासिल गरी सबैलाई आश्चर्यमा पारिदिएको छ । 

यो कम्पनीले आइतबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोश्रो त्रैमासमा १ करोड ३१ लाखमा सीमित खूद नाफा यो वर्ष बढेर ३ करोड १२ लाख पुुगेको हो । 

गत वर्षको सोही अवधिको तुलनामा खूद प्रिमियम ५ गुणाले वृद्धि भई १४ करोड ७३ लाखको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष दोश्रो त्रैमासमा ६ हजार ५ सय ९३ मा सीमित बिमा गराउनेको संख्या २४ हजार ५ सय ९३ पुुगेको छ । 

यो कम्पनीको चुक्तापूँजी २७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ करोड ३५ लाख रुपैयाँ रहेको छ । 

एनबी इन्स्योरेन्सको वार्षिकीकृत प्रति सेयर आम्दानी २३ रुपैयाँ १२ पैसा, प्रतिसेयर नेटवथ १०६ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात ४३.५५ गुणा कायम भएको छ ।