काठमाण्डौ । धितोपत्र बोर्डले एनी इन्स्योरेन्सलाई उसले प्रस्ताव गरेको सतप्रतिशत सेयर निश्कासनको स्वीकृति दिएको छ ।

यो स्वीकृतिसँगै अब एनबी इन्स्योरेन्सले १ सय रुपैयाँ अंकित मूल्यका कुल २७ लाख कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीलाई बिक्री गर्नेछ ।

ग्लोबल आइएमई क्यापिटल लिमीटेड यो  बिमा कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ ।

हाल यो बिमा कम्पनीको चुक्तापुँजी २७ करोड रुपैयाँ रहेको छ । सतप्रतिशत हकप्रद बिक्रीपछि चुक्तापुँजी वृद्धि भई ५४ करोडको उचाईमा पुग्नेछ ।

बिहीबारको कारोबार अनुसार यो कम्पनीको कारोबार मूल्य प्रतिकित्ता १९ सय ४७ रुपैयाँ रहेको छ ।