काठमाण्डौ । एनबी इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई हकप्रदको ठूलो भारी बोकाउने गरी पूँजीवृद्धि योजना(क्यापिटल प्लान) बिमा समिति र नेपाल स्टक एक्सचेञ्जमा बुुझाएको छ । 

यो बिमा कम्पनीले बिमा समितिले तोकेको १ अर्ब पूँजी पुर्याउने योजना पेश गरेको हो । कम्पनीको योजना अनुसार २ पटक गरी सेयरधनीले हकप्रदको निकै ठूलो भारी बोक्नुुपर्नेछ भने थोरै बोनसको स्वाद समेत फेर्न पाउनेछन् । 

यो कम्पनीको हालको चुक्तापूँजी २७ करोड रुपैयाँ रहेको छ । हाल १ बराबर १ को अनुपातमा हकप्रद प्रक्रियामा छ । यो हकप्रदको पूँजीकरणपछि कम्पनीको चुक्तापूँजी ५४ करोडको उचाईमा पुुग्नेछ । त्यसपछि आर्थिक वर्ष ०७४ ७५ मा पुनः यो इन्स्योरेन्स कम्पनीले १० बराबर ८ को दरले हकप्रद निश्कासन गर्ने योजना पेश गरेको छ । ८० प्रतिशत हकप्रदको पूँजीकरणपछि कायम चुक्तापूँजीको यही वर्षभित्र ५ प्रतिशत बोनस(४ करोड ८६ लाख बोनस) वितरण गरी चुक्तापूँजी १ अर्ब २ करोड पुर्याउने योजना रहेको छ।