काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमीटेड(एनसीएचएल) लाई बेस्ट प्रिजेन्टेड अवार्डअन्तर्गत सन् २०१९ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ पहिलो स्थानको पुरस्कार प्रदान गरिएको छ । 

एनसीएचएलले आ व २०७५/७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्स्टिच्यूट्स अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल(आइक्यान)द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।  

गत वर्ष पनि सोही विधाअन्तर्गत एनसीएचएलले दोश्रो स्थानको पुरष्कार प्राप्त गर्नुका साथै सार्क क्षेत्रमा साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड्स अन्तर्गत सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” पनि प्राप्त गरेको थियो । 

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसाथ गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुद्वारा प्रवद्र्धित कम्पनी हो । सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ । एनसीएचएलले हरेक वर्ष पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तिय डिस्क्लोजर तर्पmको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ । 

नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी एनसीएचएलको एनसिएचएल इसीसी, एनसीएचएल आइपीएस, कनेक्ट आइपीएस इपेमेन्ट, कनेक्ट आरटिजिएस र नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई) प्रणाली संचालनमा रहेका छन् । 

साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाहरूबाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी÷ पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।