काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमीटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडबीच बैंकासुरेन्स बिहीबार सम्झौता भएको छ । 

यो सम्झौतापछि अब एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिद्धार्थ इन्स्योरेन्स लिमीटेडको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमीटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।