काठमाण्डौ । एनसीसी बैंक र कुमारी बैंकले एकैदिन विशेष साधारणसभा डोकेका छन्। 

दुवै बैंकको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा यही मंसि २५ गते आयोजना गर्ने निर्णय गरेको हो। एनसीसी बैंकको सभा काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेट र कुमारी बैंकको काठमाण्डौको नक्सालस्थित कुमारी बैंकमा दिउँसो १ बजेबाट सुरु हुनेछ। 

दुवै सभाले कुमारी र एनसीसी बैंकबीच मर्जरका सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदन छलफल गरी अनुमोदन गर्नेछन्। मर्जर प्रयोजनका लागि गरिएको अन्तिम सम्झौतापवत्र स्वीकृत गर्ने र मर्जरसम्बनधी बाँकी कार्य र आवश्यक प्रक्रियाहरु पूरा गरी मर्जरको अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले मूल्यांकनकर्ताबाट प्राप्त डीडीका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गर्नेछ। 

मर्जरसम्बन्धी गर्नुपर्ने बाँकी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

दुवै बैंकले विशेष साधारणसभाका लागि मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ मंसिर १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी बैंकको विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन्।