काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ । 

काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारणसभा सम्पन्न भएको हो । 

सभाले गत वर्षको नाफाबाट ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांश(लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । सभाबाट पारित भएको बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी बढेर ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ रुपैयाँको उचाईमा पुग्नेछ । 

साधारणसभामा बताइएअनुसार आर्थिक वर्ष २०७८/७९ मा बैंकको निक्षेप परिचालन २७.७१ प्रतिशतले बृद्धि भई रू. १४१ अर्ब ५० करोड पुगेकोे छ । त्यसैगरी बैंकले रू. १२४ अर्ब ८७ करोड खुद कर्जा प्रवाह गरी २७.०१ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा, १४४ एटिएम र १५ एक्सटेन्सन काउण्टर मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।