काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमीटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ । 

एनसीसी बैंक आफ्ना शाखा सञ्जालमार्फत नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गर्न तयार भएको हो । 

यो सम्बन्धी सम्झौतामा मंसिर ३ गते हस्ताक्षर भएको हो । 

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ  इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरे ।