काठमाण्डौ । एनसीसी बैंकले १०.८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०.८ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । 

प्रस्तावित लाभांशमध्ये १०.२६९५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५४०५ प्रतिशत नगद लाभांश रहेको छ । 

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

हाल बैंकको चुक्तापूँजी ९ अर्ब ३५ करोड रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर साढे १० अर्ब नजिक पुग्नेछ ।