काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले नेपाल स्टक एक्सचेन्जबाट माग गरिएको स्पष्टीकरणको जबाफ पठाएको छ। 

नेप्सेको कारोबार प्रणालीमा एकाएक उच्च खरिद चाप देखिएकोले मूल्यमा असर गर्ने कुनै सूचना वा निर्णय गरेको भएमा सोको जबाफ पठाउन भन्दै नेप्सेले हिजो आइतबार एनसीसी बैंकलाई पत्र पठाएको थियो सोही पत्रको जबाफ आज सोमबार एनसीसी बैंकले नेप्सेमा पठाएको हो। नेप्से पत्र प्राप्त भएको मितिले ३ कार्यदिनभित्र चित्तबुझ्दो जबाफ पठाउन भनेको थियो।

पत्रमा बैंकले बैंकबाट तर्फबाट मूल्यमा प्रभाव पार्ने किसिमका कुनै निर्णय तथा कार्य नभएको गरेको स्पष्ट पारेको छ। 

बैंकले लाभांश प्रस्तावसम्बन्धी जानकारी नियमसंगत ढंगले गत पुस ३ गते नेप्सेलाई जानकारी गराइएको पनि उल्लेख गरेको छ।

बैंकको वार्षिक साधारणसभा गत माघ ९ गते सम्पन्न भइसकेको र सोही सभाले लाभांश अनुमोदन पनि गरिसकेकोले यसबाहेक नेप्सेको कारोबार प्रणालीमा मूल्यलाई प्रभाव पार्ने अन्य कुनै निर्णय नभएको बैंकले पत्रमा उल्लेख गरेको छ।