काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ।
सभाबाट पारित ८ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको चुक्तापुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ पुग्ने भएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एन्ड शाक्य एसोसिएटस, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ।
बैंकले आर्थिक वर्ष २०७७/७८ मा रु. ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी रु. ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ। यसका साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि रु. १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको छ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १२ वटा एक्सटेन्सन काउन्टर र ११४ वटा एटीएम बुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ।
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago