काठमाण्डौ । एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढी शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन्। 

एनसेल प्राइभेट लिमिटेडले नयाँ डेटा बोनस योजना सार्वजनिक गरेको छ। जसअन्तर्गत मेन ब्यालेन्स अर्थात ‘पे एज यु गो’ बाट चलाउँदा लाग्ने रु २ प्रतिएमबी दर ८० प्रतिशतसम्म घट्दछ। 

मेन ब्यालेन्सबाटै डेटा सेवाप्रयोग गर्ने र अझ सुलभ दरमा डेटा सेवाप्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकलाई लक्षित यो अफर आइतबार (फागुन २५) बाट सञ्चालनमा आएको छ। यो अफरमा डेटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डेटा सेवाको शुल्क थप घट्दै जान्छ। 

जब ग्राहकले मेनब्यालेन्सबाट डेटा सेवा चलाउँछन्,  खर्च भएको ब्यालेन्स रकमका आधारमा त्यति नै बेलाबोनस डेटा पाउँदै जानेछन्। ग्राहकले आफ्नो ब्यालेन्सबाट रु २, रु ५, रु १०, रु २०, रु ३० वा योभन्दा थप रु १० का दरले खर्च गर्दै जान्छन्। त्यसै अनुपातमा तत्काल बोनस डेटा प्राप्त गर्दै जानेछन्। 

यसरी प्राप्तहुने डेटा बोनस प्रयोग गर्नका लागि २ दिनको समयावधि हुनेछ। ग्राहकले ‘पे एज यु गो’ अन्तर्गत पहिलो रु १० खर्च गरेपछि प्रत्येक थप रु १० डेटामा खर्च गरेबापत २०÷२० एमबी बोनस डेटा तत्काल प्राप्त गर्दै जानेछन्।

यदि ग्राहकले रु २ मेन ब्यालेन्स डेटा सेवामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउनेछन्। 

यसैगरी ग्राकहले रु ३० ब्यालेन्स खर्च गर्छन् भने बोनसको ५७ एमबीसहित कुल करिब ६९ एमबी डेटा पाउनेछन्। यदि ग्राहकले मेन ब्यालेन्सको रु १०० डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ३९.१६ एमबी र बोनस १९७ एमबीसहित कुल २३६ एमबी डेटा पाउनेछन्।

यो अफर आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालन हुनेछ। यसको मतलब ग्राहकले एक हप्ताभित्र जति मेन ब्यालेन्सबाट ‘पे एज यु गो’मार्फत डेटामा खर्च गर्दछन्, त्यसकै हिसाबका आधारमा बोनस पाउँदछन्। 

आफ्ना ग्राहकलाई मेन ब्यालेन्सबाटै पनि सुलभ दरमा डेटा सेवामापहुँच सुनिश्चित गर्ने उद्देश्यसहित यो योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ। सुलभ दरमा डेटा सेवाप्रयोग गर्नका लागि डेटा प्याक लिनु उत्तम उपाय भए पनि यो योजना डेटा प्याक नलिई ‘पे एज यु गो’मार्फत सेवा प्रयोग गर्ने ग्राहकका लागि एकदमै फाइदाजनक हुने विश्वास एनसेलले लिएको छ।