काठमाण्डौ । देशकै अग्रणी मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा ग्राहकका लागि अझ सुलभ दरमा ईन्टरनेट सेवा प्रयोग गर्न सकिने डे डेटा प्याक ल्याएको छ । 

यस अन्र्तगत ग्राहकले अब बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको समयमा करबाहेक १३ पैसा प्रति एमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।

यो योजना यही बुधबार(असोज १९, २०७३) बाट लागू हुने बताइएको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार १०० एमबीको दैनिक, ५०० एमबिको साप्ताहिक अथवा २००० एमबिको मासिक डे डेटा प्याक खरीद गरी सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्छन् । 

१०० एमबि दैनिक डे डेटा प्याक ग्राहकले रु २० मा खरिद गरी प्रति एमबि २० पैसामा ईन्टरनेट सेवा लिन सक्छन् । साथै ५०० एमबि डेटा भोल्युम भएको साप्ताहिक डे डेटा प्याक रु ८० मा खरिद गर्न सक्नेछन् र प्रति एमबी १६ पैसामा ईन्टरनेट सेवा लिन सक्छन् । ग्राहकले २००० एमबी डेटा भोल्युम रहेको मासिक डे डेटा प्याक रु २५० मा खरिद गर्न सक्छन् । अर्थात् यो डेटा प्याकअन्र्तगत ग्राहकले अब मात्र १३ पैसा प्रतिएमबिमा ईन्टरनेट चलाउन सक्छन्  । यी डे डेटा प्याकका मूल्यहरु कर बाहेकका रहेका एनसेलले जनाएको छ । 

ग्राहकले यी डेटा प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारीअनुसार सुचारु गर्न सक्छन् । साथै, आफूले लिन चाहेको प्याकको भोल्युम टाईप गरी अंग्रजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ । उदाहरणका लागि एकदिने डे डेटा प्याक लिन चाहने ग्राहकले अंग्रेजीमा १०० डी टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक सुचारु गर्न सक्छन् ।

यसरी ग्राहकले आफ्नो आवश्यकताअनुसार डे डेटा प्याकको छनौट गरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको समयमा अझ सुलभ दरमा इन्टरनेट चलाउन यो अफरबाट फाईदा लिन सक्छन् । 

‘चाडपर्वको बेलामा हामी आफ्ना परिवारजन, आफन्तहरु तथा साथीभाईसँग सम्पर्कमा रही खुसीयाली साट्न चाहन्छौं । हामीलाई विश्वास छ यो डे डेटा प्याकअफरले हाम्रा ग्राहकको बढ्दो संचार सेवाको मागलाई सम्बोधन गर्नेछ र थप लाभ प्रदान गर्नेछ । ’– एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

आफ्नो आवश्यकताअनुसार ग्राहकले यी प्याकहरु जतिपटक पनि लिन सक्छन् । प्याकको समयावधि सकिएपछि हाल लाग्दै आएको करबाहेक रु ३ प्रति एमबी शुल्क लागू हुनेछ । यो योजना १५ दिनसम्म संचालनमा रहनेछ ।