काठमाण्डौ । एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असीमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मज्जा लिन पाउने भएका छन् ।

नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमीटेडले आफ्ना ग्राहकका लागि असीमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको छ, जसले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर कुराकानी तथा भिडियो च्याट गर्र्दै अझै नजिक हुन सहज बनाउने एनसेलको दाबी छ ।  

असीमित भ्वाइस तथा डेटा प्याकको यो आकर्षक अफर यही बिहीबार (माघ २५)देखि १५ दिनको लागि लागू हुनेछ ।

अफर अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित मात्र रु १५ मा असीमित भ्वाइस प्याक लिई विहान ५ बजेदेखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुनै पनि नम्बरमा असीमित कुराकानीको मज्जा लिन सक्नेछन् । ग्राहकले १७११४ डायल गरी प्राप्त जानकारी अनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । 

त्यसैगरी, एसएमएसमार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिन्छ । यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाका लागि मान्य हुनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार योजनाअवधिभर हरेक दिन यो प्याक सुचारु गर्न सक्छन् । प्याकको समयावधि सकिएपछि विद्यमान शुल्क लागू हुनेछ । 

साथै, आफ्ना प्रियजनसँग भिडियो च्याट गर्न रुचाउने ग्राहकले यस अफर अन्तर्गत कर सहितमात्र रु २० मा एक घण्टाका लागि निरन्तर डेटा उपलब्ध गराउने असीमित डेटा प्याक लिई आफ्ना प्रियजनसँग निरन्तर भिडियो च्याटको मज्जा लिन सक्नेछन् । यो डेटा अफरको लाभ लिन ग्राहकले एस्टिक्«स१७११४ह्यास् डायल गरी विकल्प नम्बर २ छनौट गरी प्याक सुचारु गर्न सक्छन् । ग्राहकले अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्छन्।

निरन्तर ईन्टरनेट सुनिश्चित गर्ने यो डेटा प्याक सुचारु भएको समयबाट १ घण्टाका लागि मान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार यो प्याक योजनाअवधिभर जति पटक पनि लिन सक्छन् ।

यस भ्यालेन्टाइन सिजनमा ल्याइएका यी आकर्षक भ्वाइस र डेटा अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।