काठमाण्डौ । एनसेलका प्रिपेड ग्राहकले अब एनसेल नेटवर्कभित्रका आफ्ना साथीभाइ तथा आफन्तजनसँग रातको समयमा अझै सुलभ दरमा असीमित कुराकानीको फाइदा लिन सक्नेछन् ।

एनसेल प्राइभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्कभित्र रहेका आफ्ना साथीभाइ तथा आफन्तजनसँग बेलुका १० बजेदेखि बिहान ६ बजेसम्म मात्र रु. १० (रु. १२.७७ करसहित) मा असीमित कुराकानी गर्न सक्नेछन् ।

यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहीबार (पुष ३) देखि सञ्चालनमा रहनेछ । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन् ।

त्यस्तै एसएमएसमार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीकोे ठूलो अक्षर ‘एनयू’ टाइप गरी १७११८ मा एसएमएस पठाउन सक्नेछन् । प्याक सुचारु गरेपछि २४ घन्टाका लागि मान्य हुनेछ ।

यो प्याकले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफ्ना साथीभाइ तथा आफन्तजनसँग सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर चत्रै ४ गतेसम्म सञ्चालनमा रहनेछ ।