काठमाण्डौ । चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिँदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गर्न सक्छन् र साथै दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न पनि सक्नेछन्। 

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आउँदै गरेको दसैं, तिहार र छठ पर्वका अवसरमा आफ्नो भ्वाइस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरैकुरामा उपहार’ आज आइतबारबाट ल्याएको छ। यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन्। 

दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाका मुख्य विषेशताहरु हुन्। प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यति नै धेरै उपहार जित्ने मौका पाउनेछन्। यो आकर्षक योजना मंसिर १३ गतेसम्म कायम रहनेछ। 

चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागी हुन सक्नेछन्। यस योजनामा सहभागी हुनेबित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन्। तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्नेबित्तिकै ग्राहकले त्यही दिनको मध्यरातसम्मको समयसिमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजनाअन्तर्गतको उपहार जित्न योग्य हुनेछन्। 

यस आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई रु २०० बोनस ब्यालेन्स, सातजना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा दुईजना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० रहेका छन्। 

एनसेल आजियाटा लिमिटेडका चीफकमर्सियल अफिसर प्रदीप श्रीवास्तवले यस योजनाका बारेमा उस्ताह साट्दै भने, “चाडपर्वको सुरुआतसँगै यो वर्षको सबैभन्दा रमाइलो समयको आगमन भएको छ। यो वर्ष महामारीले लामो समयसम्म हामीलाई हाम्रा प्रियजन तथा आफन्तहरुबाट टाढा राखेकोले चाडपर्व अझ विषेश हुनेछ। जसले गर्दा हाम्रा प्रियजनसँग सम्पर्कमा रहिरहनु अझ महत्वपूर्ण हुन्छ। यही कारणले गर्दा हाम्रा गाहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहिरहन ‘कुरैकुरामा उपहार’ योजना ल्याएका छौँ। भ्वाइस टक टाइम र आकर्षक उपहारहरुले चाडपर्वलाई थप रमाईलो बनाउनेमा हामी विश्वस्त छौँ।”

यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकलाई उपहार दिइनेछ। दैनिक उपहारअन्तर्गत ग्राहकले रु २०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनका लागि मान्य रहनेछ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्रकल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन्। 

साप्ताहिक उपहारमा साताभरि धेरै कुरा गर्ने ग्राहकहरुमध्ये सातै प्रदेशका १/१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिनेछ। प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी एम०१एस ह्यान्डसेट उपहारस्वरुप प्राप्त गर्नेछन्। 

त्यसैगरी यो योजनाअवधिभर सबैभन्दा बढी मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन्। बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० रहेको छ। 

यो योजना साप्ताहिक चक्रमा सञ्चालन हुनेछ। साप्ताहिक चक्र आइतबारबाट सुरु भई शनिबार समाप्त हुनेछ। दैनिक, साप्ताहिक र बम्पर उपहार हस्तान्तरणका लागि एनसेलले आवश्यक ग्राहक प्रमाणीकरण प्रक्रिया अपनाई सिमको वास्तविक ग्राहकलाई मात्र उपहार हस्तान्तरण गर्नेछ।