काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै भैरहवामा सुविधासम्पन्न एनसेल सेन्टर संचालनमा ल्याएको छ । 

कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै यो सेन्टर संचालनमा ल्याईएको हो । 
भैरहवाको मिलनचोक–५ स्थित कोइराला कम्प्लेक्समा रहेको उक्त एनसेल सेन्टरले ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्दछ । एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । 

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।  
नयाँ सेन्टर संचालनको अवसरमा विभिन्न सेवाको लागि सेन्टर आएका ग्राहकले कार्तिक ३० गते सम्म विभिन्न भोलुमको डेटा प्याक उपहार स्वरुप प्राप्त गर्नेछन् । भैरहवा सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म ७ दिनसम्म मान्य रहनेछ । साथै सेन्टरबाट रु २०० को ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले पनि ७ दिनको समयसिमा रहेको १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । 

त्यसैगरी रु ५०० र रु १००० को ब्यालेन्स रिचार्ज गर्नेे ग्राहकले ३० दिनका लागि मान्य हुने गरी क्रमशः १ जीबी र २ जीबी डेटा पाउनेछन् । सेन्टरबाट आफ्नो थ्रीजी सिमलाई फोरजीमा अपग्रेड गर्ने ग्राहकले पनि ७ दिनसम्म मान्य हुने १ जीबी डेटा पाृउनेछन् ।  

आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नेे प्रतिबद्घता अनुरुप, यस नयाँ सेन्टरले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ः३० बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । 

आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।