काठमाण्डौ । यो चाडपर्वको बेलामा एनसेलका ग्राहकले अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्छन्। 

चाडवाडको बेलामा घरमा रहँदा होस् या बाहिर जहाँ भएपनि पनि डेटा सेवा लिन सकिने गरी एनसेल आजियाटा लिमिटेडले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर सञ्चालनमा ल्याएको हो।

दसैँ, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरी ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमंग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहिहन सक्छन्। ग्राहकले यो प्याकमा करसहित मात्र रु. ५९९ मा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरी कुल ६० जीबी डेटा पाउँछन्।

यो प्याक एनसेलले बिहीबार (असोज १३) बाट सञ्चालनमा ल्याएको हो। ग्राहकले सजिलै एष्ट्रिक्स१७१२३एष्ट्रिक्स३०ह्यास डायल गरेर यो प्याक किन्न सक्छन्। यसैगरी एनसेल एप र एनसेलको वेबसाइटमार्फत पनि यो प्याक लिन सकिन्छ।

प्याकमा पाईने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर बाहिर जहाँ पनि चलाउन सक्छन्। यो प्याकअन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रही यो प्याक सुचारु गर्दछ त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिन्छ।

ग्राहकले आफ्नो आवश्यकताअनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् र प्याकमा रहेको डेटाबाट फाइदा लिन सक्छन्। यो प्याक सुचारु भएपछि २८ दिनका लागि मान्य रहन्छ।

यो डेटा प्याकको विषेशता भनेको प्याकमा रहेको डेटा भोलुम खपत भइसकेपछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागू हुँदैन। होम एन्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरी डेटा चलाउन सक्छन्।

डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमै पहिलोपटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ। चाडपर्वका अवसरमा ल्याइएको यस प्याकले ग्राहकलाई घर होस् या बाहिर देशको जुनसुकै स्थानमा रही शुभकामना आदानप्रदान गर्न, चाडवाडका उत्साह तथा उमंगहरु साट्न र आफ्ना प्रियजन तथा साथीभाइहरुसँग सहजै सम्पर्क रहिरहन मद्दत गर्दछ।