काठमाण्डौ । देशको अग्रणी मोबाइल सेवाप्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टी’ योजनाअन्तर्गत काठमाण्डौको ठमेलमा रहेको एमपी मेड प्रालिका संचालक प्रेमकृष्ण श्रेष्ठलाई मोटरसाइकल उपहार प्रदान गरेको छ । 

एमपी मेड प्रालि एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरुमध्ये एक हो ।  

श्रेष्ठलाई एनसेलको  बागमति सेल्स टिमले एक कार्यक्रममाझ सो बाइक उपहार प्रदान गरेको थियो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । 

रिटेलरहरुले  उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । एमपी मेड प्रालि सबैभन्दा धेरै बिक्री गर्ने रिटेलरहरुमध्ये एक हो ।

यसअघि यो योजनाअन्तर्गत मित्रनगर, नयाँबसपार्कमा (काठमाण्डौ) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले मोटरसाइकल र दुलेगौडा, तनहुँमा(गण्डकी) रहेको सिमरन एण्ड शिञ्जा ईन्टरप्राईजेज्का संचालक गणेशकुमार श्रेष्ठले  स्कुटर उपहार पाएका थिए ।