काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले सुलभ दरमा गुणस्तर सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम आकर्षक साप्ताहिक ‘वानप्लान’कम्बो प्याक ल्याएको छ । यसअन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याकमार्फत लिन सक्नेछन् ।   

बिहीबार (असार ०१)देखि लागू हुने वानप्लान प्याक एनसेलका सबै प्रिपेड र पोष्टपेड ग्राहकका लागि मान्य हुनेछ । यसका साथ–साथै यो योजनाअन्तर्गत प्याक सुचारु गर्ने ग्राहकले एक हप्तासम्म योण्डर म्युजिक एपमा निःशुल्क अनलाइन गीतसंगीतको मज्जा लिन सक्नेछन् ।

वान प्लान योजनाअन्र्तगत, एनसेलका ग्राहकले आफ्नो आवश्यकताअनुसार वान प्लान १५०, वान प्लान ३०० र वान प्लान ५०० गरी तीनवटा प्याकहरु लिनसक्ने छन् ।

वान प्लान १५० प्याकमा ग्राहकले एक हप्ताको प्याक रु १५० मा लिएर ५०० एमबी डेटा, १०० मिनेट अन नेट टक टाइम र २०० वटा अन नेट एसएमएस सेवाको मज्जा लिनसक्ने छन् । त्यस्तै वानप्लान ३०० अन्तर्गत ग्राहकले रु ३०० मा १५०० एमबी डेटा, ३०० मिनेट अन नेट टक टाइम र ६०० वटा अन नेट एसएमएस पाउनेछन्् ।

त्यसैगरी, ग्राहकले वान प्लान ५०० अन्तर्गतमात्र रु.५०० मा ३००० एमबी डेटा, ६०० मिनेट अन नेट टक टाइम र १२०० वटा अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन् । वान प्लान योजनाअन्तर्गत कुनै पनि प्याक सुचारु गरेका ग्राहकले एक हप्तासम्म योण्डर म्युजिकमा निःशुल्क अनलाइन गीतहरुको मज्जा लिन सक्नेछन् ।  योण्डर म्युजिक एप १५,००० भन्दा बढी नेपाली गीतसंगीतहरु सहित २ करोडभन्दा बढी गीतहरु समावेश गरिएको डिजिटल म्युजिक लाइब्रेरी हो ।

उल्लेखित वानप्लान प्याकका शुल्कहरु सबै कर सहित हुन् र प्याक सुचारु भएको दिनदेखि एक हप्ताका लागि मान्य हुनेछ ।

‘‘डेटाको साथै भ्वाइस र एसएमएस सेवाको बढ्दो मागलाई संबोधन गर्नका लागि हाम्रा ग्राहकहरु मझ यी कम्बो प्याकहरु ल्याउन पाउँदा हामी खुसी छौ । यसले ग्राहकलाई थप लाभ प्रदान गर्नेछ,” कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

वानप्लान प्याकले दिने लाभबाट फाइदा लिनका लागि ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी त्यसपछि अंग्रजी अंक ४ (फोर) थिचेर आफ्नो आवश्यकता अनुसारको प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार प्याकहरु जति पटक पनि कुनै पनि वानप्लान प्याक सुचारु गर्न सक्नेछन् ।

प्याकअन्तर्गत प्राप्त सेवाहरु एक हप्ताको समयसिमा भित्रै प्रगोग गरिसक्नुपर्नेछ । यो अफर लागू भएको दिनदेखि ३० दिनका लागि मान्य हुनेछ । थप जानकारीका लागि ग्राहकले १७१२३ मा कल गर्न सक्ने एनसेलले जनाएको छ ।