काठमाण्डौ । मोबाईल सेवाप्रदायक एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘मोबाईल टिभी प्याक’ ल्याएको छ । 

चाडपर्वको अवसरमा ल्याइएको यो प्याकअन्तर्गत एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले अब सुलभ शुल्कमा आफ्नै मोबाईलमा अनलाइन टिभी हेर्न सक्नेछन् ।

नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलोपटक टिभी प्याकजस्तो नवीन सेवा सुरु गर्दै एनसेलले एउटा कोसेढुङ्गा स्थापना गरेको छ । यो प्याक सुचारु गर्ने ग्राहकहरुले नेट टिभी एपमार्फत अनलाइन टिभी हेर्न सक्नेछन् ।  

नेट टिभी, एनआईटिभी स्ट्रिम्ज् प्रा.लिको प्रोडक्ट हो र एनसेलले एनआईटिभी स्ट्रिम्ज्सँग यो मोबाईल टिभी सेवाको लागि सहकार्य गरेको छ । 

यो मोबाईल टिभी प्याक बुधबार (कार्तिक १०, २०७३) देखि १५ दिनको लागि सञ्चालनमा आएको छ । एनसेलका ग्राहकले आफ्नो आवश्यकताअनुसार ३० मिनेट, १ घण्टा, २ घण्टा र ३ घण्टाको टिभी प्याक खरिद गरी नेट टिभी एप प्रयोग गर्न सक्नेछन् । 

३० मिनेटको प्याकको शुल्क रु ३५ तोकिएको छ । १ घण्टाको प्याकको रु ६०  पर्दछ भने २ घण्टा र  ३ घण्टा  प्याकको मुल्यक्रमशः रु १०० रु १५० निर्धारण गरिएको छ । प्याकका शुल्कहरुमा कर समाबेश गरिएका छन् ।  

यी चारैवटा प्याकहरु ग्राहकले प्रत्येक पटक प्याक खरिद गर्नुपर्ने वा सेवा प्रयोगको अवधि सकिएपछि  स्वतः नवीकरण हुने दुई किसिमबाट यो सेवा सुचारु गर्न सक्छन् । प्रत्येक पटक लिन मिल्ने  प्याक २४ घण्टाको लागि मात्र मान्य हुनेछ र स्वत नवीकरण हुने प्याक हरेक मध्यरातमा स्वतः नवीकरण हुनेछ । 

प्याक खरिद गर्न ग्राहकहरुले एस्ट्रिक १७१३३ ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसारको प्याक खरिद गर्न सक्नेछन् । 

१७१३३ मा एसएमएस पठाएर पनि ग्राहकले यी प्याकहरु खरीद गर्न सक्छन् । उदाहरणका लागि प्रत्येक पटक लिन मिल्ने १ घण्टाको प्याक खरिद गर्न ग्राहकले अंग्रेजीमा १ स्पेस अंग्रेजीको सानो अक्षरमा एचआर स्पेस अनि अंग्रजीमा ठूलो डी टाइप गरी १७१३३ मा एसएमएस पठाउन सक्छन् । त्यस्तै स्वतः नविकरण हुने प्याक लिन अंग्रेजीमा १ अनि स्पेस नछोडी अंग्रेजीको सानो अक्षरमा एचआर टाइप गरी १७१३३ मा पठाएर प्याक सुचारु गर्न सक्छन् । 

‘मोबाइल टिभी सेवामा सुलभ पहुँच सुनिश्चित गर्दै ग्राहकका लागि यो नवीन सेवा ल्याउन पाएकोमा हामी निकै खुसी छौ।’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने–‘मोबाईल डाटा सेवा र कन्टेन्ट दुवैको माग बढिरहेको बेलामा, ग्राहकले मोबाईल तथा टिभी दुवै सेवा एकीतृत  रुपमा लिनसक्ने हुँदा यसले ग्राहकलाई थप मूल्य प्रदान गर्नेछ ।’

आइभिआरद्वारा पनि टिभी प्याक सुचारु गर्न सकिन्छ । सुचारु गरिएको प्याकको अवधि सकिएपछि करबाहेक प्रति एमबी रु. ३ को विद्यमान शुल्क लागू हुनेछ । यदि ग्राहकलाई सुचारु गरिएको प्याक बन्द गर्नुपर्ने भएमा एस्ट्रिक १७१३३ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार प्याक सेवा बन्द गर्न सक्नेछन् । त्यसैगरी १७१३३ मा एसएमएस गरेर पनि प्याक बन्द गर्न सकिन्छ । जस्तै २ घण्टाको प्याक निष्क्रिय गर्न ग्राहकले  अंग्रेजीमा ठूलो आर २ अंग्रेजीमा सानो एचआर सँगसँगै टाईप गरी १७१३३ मा पठाउनु पर्ने हुन्छ ।