काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाका अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ। यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकहरुमा पनि भोल्युम बढाएको छ।

ग्राहकले अब कर सहित मात्र रु १२९ मा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रतिदिन ७ दिन सम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन्। त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याकमात्र रु. १९९ मा लिएर ७ दिन सम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन्।

यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै सञ्चालनमा रहेका डेटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको छ। यसअन्तर्गत ग्राहकले पहिले कै मुल्यमा थप भोल्युमसहितको डेटा प्याकबाट फाइदा लिन सक्छन्। भोल्युम बढाइएको डेटा प्याकअन्तर्गत ग्राहकले मात्र रु. १६९ मा १०.५ जीबी डेटा खरिद गरी दैनिक १.५ जीबी डेटा ७ दिनसम्म प्रयोग गर्न सक्छन्। पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिन सम्म कुल ७ जीबी पाइरहेका थिए।

अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र रु. २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिन सम्म प्रयोग गर्न सक्छन्। यस अघि ग्राहकले सोही मूल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिन सम्म पाइरहेका थिए। 

त्यसैगरी एनसेलका ग्राहकले अब मात्र रु. ५९९ मा ४२ जीबी डेटाको फाइदा लिन सक्छन्। जसअन्तर्गत ग्राहकले हरेका दिन २८ दिनसम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्छन्। 

यी नयाँ तथा परिमार्जित प्याकहरु आज बुधबार (चैत्र २) बाट सञ्चालनमा ल्याइएका हुन्। प्रिपेड ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सुचारु गर्न सक्छन्। त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन्। 

दैनिक जीबी डेटा प्याकअन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याकहरु र थप गरिएका डेटा भोल्युमहरुले ग्राहकलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसियाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।