काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले स्थानिय चुनावलाई  ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ। यस अफरमा ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरुप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन्।

यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ। जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन्।

एपमार्फत रु. ५० देखि रु. ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनका लागि मान्य हुने ५० एमबी डेटा पाउँछन्। रु. १०० देखि रु. १९९ सम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २०० एमबी डेटा पाउँछन्। त्यसैगरी रु. २०० वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ५०० एमबी डेटा पाउँछन्।

नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफर जस्तै– कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ।

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकका लागि कम्बो प्याक रहेको छ। जसमा ५ जीबी डेटा भोल्युम र १०० मिनेट अल नेट टक टाइम पाइन्छ। यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ। करसहित रु. १६८ पर्ने यो प्याक एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरी सजिलै लिन सकिन्छ।

भ्वाइस सेवामात्र चाहिने ग्राहकले मात्र रु. ९४ मा ७ दिनका लागि मान्य १५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्छन्। एनसेलका प्रिपेड प्रयोगकर्ताले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३एष्ट्रिक्स३ह्यास डायल गरी यो भ्वाइस प्याक लिन सक्छन्।

दैनिक रुपमा डेटा चाहिने प्रिपेड ग्राहकका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि रहेको छ। यसमा ग्राहकले मात्र रु. १२९ मा ७ दिनका लागि दैनिक १ जीबी डेटा भोल्युम लिन सक्छन्। एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरी ग्राहकले यो प्याक सुचारु गर्न सक्छन्।