काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ। यस अफरले ग्राहकलाई रु १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्दछ।

यसको मतलब यदि ग्राहकले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित रु. १२५ मा खरिद गर्छन् र प्याकको समयसीमा सकिनुभन्दा पहिले नै सो प्याक पुनः खरिद गर्दछन् भने उही शुल्कमा अब ५ जीबीको सट्टामा १० जीबी डेटा प्राप्त गर्नेछन्। यो अफर असार २४ गते शुक्रबारबाट सञ्चालनमा आउनेछ। 

समयावधि सकिनुअघि नै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोहीअनुसार थपिँदै जाने यस अफरको विषेशता हो। उदाहरणका लागि यदि कुनै ग्राहकले प्याक खरिद गरेको ३ दिनपछि सोही प्याक पुन खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युममा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको ४ दिनसहित ११ दिन हुन्छ। 

प्याक आवश्यकताअनुसार जतिपटक पनि पुनः खरिद गर्न सकिनेछ भने कुल अधिकतम समयसीमा २८ दिन रहनेछ।

‘हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवामार्फत उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्न प्रतिबद्ध छौँ। आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्व राख्दछ’, एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने। 

एनसेलका ग्राहकले एस्ट्रिक१७१२३एस्ट्रिक्स२२ह्यास डायल गरी यो प्याक सजिलै सुचारु गर्न सक्छन्। ग्राहकले एनसेल एप, एनसेलको वेभसाइट र इसेवा, खल्ती, आइएमई पेजस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्छन्। 

यो अफरअन्तर्गत ल्याइएको प्याकले सुलभ दरमा डेटा सेवाको पहुँच प्रदान गदै ग्राहकलाई मुल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ। ग्राहकले यस अफरअन्तर्गत एनसेलको डेटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सक्नेछन्।