काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दसैँका अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले हरेक दिन रु. १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु. ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन्। 

यो योजना भदौ २८ गते मंगलबारदेखि सञ्चालनमा आएको छ। यो योजनाअन्तर्गत एनसेलका ग्राहकले रु. १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने रु. १० बोनसस्वरुप प्राप्त गर्नछन्। यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ।

यस योजनाअन्तर्गत यदि ग्राहकले एक दिनमा एकैपटक वा पटक–पटक गरी रु. १५० रिचार्ज गरेमा रु. २० बोनसस्वरुप प्राप्त गर्छन्। प्राप्त बोनस रकम ३ दिनका लागि मान्य रहन्छ। 

त्यस्तै ग्राहकले एक दिनमा एकैपटक वा पटक–पटक गरी रु. २०० वा सोभन्दा बढीको रिचार्ज गरेमा ग्राहकले रु. ४० बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनका लागि मान्य हुन्छ। 

यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन्। प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन्। 

आफ्ना ग्राहकका लागि रु. १०० वा सोभन्दा बढीको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्तित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ। यस योजनाले ग्राहकलाई चाडवाडका अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदानप्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।