काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आठौँ संविधान दिवसका अवसरमा आज आइतबार (असोज २) बाट लागू हुने गरी नयाँ दुई विशेष अफर सञ्चालन ल्याएको छ। यो अफरअन्तर्गत ग्राहकले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्छन्। 

यी प्याकहरु आइतबारबाट तीन दिनका लागिमात्र सञ्चालनमा रहनेछन्। यसको मतलब ग्राहकले यी प्याक आइतबारदेखि मंगलबार अर्थात असोज २ देखि ४ गतेसम्ममात्र लिन पाउनेछन्। असोज ३ गते सोमबार आठौँ संविधान दिवस मनाइँदैछ। 

ग्राहकले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक करसहित रु. ५९ खरिद गर्न सक्छन्। यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घन्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन्। 

एनसेलबाहेक अन्य सेवा प्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र रु. ९५ मा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन्। यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुन्छ।

संविधान दिवसका अवसरमा ल्याइएका दुवै प्याकल ग्राहकलाई ठूलो महत्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ। यी प्याकमार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन्।