काठमाण्डौ । एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्मा रहेको बेलामा भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि आकर्षक रोमिङ योजनाहरु ल्याएको छ । 

यो योजनाअन्तर्गत एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकका लागि दैनिक डेटा रोमिङ प्याक, दैनिक रोमिङ भ्वाइस र एसएमएस प्याक ल्याएको छ, जसअन्तर्गत एनसेलका ग्राहकले आफूू रोमिङमा रहेको समयमा पनि आफ्ना परिवार, आफन्त तथा सम्बधित देशका व्यवसायिक साझेदारहरुसँग सुलभ दरमा सम्पर्कमा रहन सक्नेछन् । यो अफर यही बिहीबार(चैत्र ३१)देखि लागूू हुनेछ । 

दैनिक रोमिङ डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले यो सेवा निःशुल्क सुचारु गरी करसहित मात्र रु ५०० मा अनलिमिटेड डेटाको मजा लिनसक्ने छन् । यो सेवा एकपटक सुचारु गरेपछि ग्राहकले निस्क्रिय नगरेसम्म सुचारु रहिरहने छ । नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नवीकरण हुनेछ, शुल्क रु ५०० भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात प्याक नवीकरण भए पनि डेटा प्रयोग नगरेमा प्याकबापतको शुल्क लाग्ने छैन ।  दैनिक रोमिङ् डेटा प्याक भारत, चीन, हङकङ, अमेरिका, बेलायत लगायतका ५३ देशमा लागूू हुनेछ । 

त्यसैगरी आफूू यात्रामा भएको समयमा भ्वाइस र एसएमएस सेवा चाहने ग्राहकले करसहित मात्र रु ५०० मा दैनिक रोमिङ भ्वाइस र एसएमएस प्याक लिन सक्नेछन् । यो प्याकअन्तर्गत ग्राहकले  रोमिङ्मा रहेको समयमा नेपालमा कल गर्न र सम्बन्धित रोमिङ् देशभित्र कल गर्नका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कलका साथै २५ वटा एसएमएस पठाउन सक्नेछन् ।  यो प्याक सुचारु गरिएको समयबाट २४ घण्टाका लागि मान्य हुनेछ । 

आफ्नो सञ्चार सेवाको आवश्यकता बमोजिम, ग्राहकले भ्वाइस र एसएमएस प्याक जतिपटक पनि  लिन सक्छन् । यो प्याक भारत, चीन, हङकङ, अमेरिका, जमर्नी, युएई लगायतका विभिन्न ३५ गन्तव्यहरुमा लागूू हुनेछ । 

एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२९ह्यास डायल गरी प्राप्त जानकारी अनुसार दैनिक रोमिङ् डेटा प्याक र दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक सुचारु गर्न सक्नेछन् । 

यसका साथ–साथै एनसेलको प्रिपेड रोमिङ् सेवा उपलब्ध रहेका गन्तव्यहरुमा आफ्ना प्रिपेड ग्राहकका लागि रोमिङ् सेवा स्वतः उपलब्ध हुने बनाएको छ । यसअन्तर्गत जब प्रिपेड ग्राहकहरु आफ्नो मोबाइल लिएर विदेश भ्रमणमा जान्छन् उनीहरुलाई सम्बन्धित देशमा पुग्ने बितिकै रोमिङ् सेवा स्वतः उपलब्ध भएको जानकारी गराइनेछ । भारत र चीनका लागि भने प्रिपेडमा स्वत रोमिङ उपलब्ध हुने छैन, ग्राहकले आफूू यात्रामा जानुअघि एस्ट्रिक्स१७१२९ह्यास डायल गरी निर्देशनअनुसार रोमिङ सेवा सुचारु गनुपर्नेछ । 
 
“विभिन्न देशमा भ्रमणमा रहँदा ग्राहकको  सञ्चारको आवश्यकतालाई परिपूूर्ति गर्न भ्वाइस, डेटा र एसएमएसको अफरहरु ल्याउन पाउँदा हामी हर्षित छांै । यसले रोमिङ्मा रहँदा हाम्रा ग्राहकलाई सुलभ र सहज रुपमा सम्पर्कमा रहन सघाउनेछ,” कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । 
 
दैनिक भ्वाइस र एसएमएस प्याक प्रयोग गर्ने समयसीमा वा प्याकमा उपलब्ध भोल्युम सकिएपछि नियमित रोमिङ शुल्क लागूू हुनेछ । दैनिक रोमिङ डेटा प्याक सुचारु गरेका ग्राहकले ग्राहकले एस्ट्रिक्स१७१२९ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सेवा निष्क्रिय गर्न पनि सक्छन् ।  एनसेलका ग्राहकले एस्ट्रिक्स१०१ह्यास डायल गरी आफ्नो प्याकहरुमा के कति सेवाहरु बाँकी छन् भनेर हेर्न पनि सक्छन् ।