काठमाण्डौ । यो वर्ष दोस्रोपटक एप्पलका कर्मचारीलाई करोडौँ रुपैयाँ बोनस दिइँदैछ। 

एप्पलका सीईओ टिम कुकले आफ्ना कर्मचारीलाई रिटेन्सन बोनसको प्रस्ताव गरेका छन्। किनकि मेटा (फेसबुक) ले आफ्नो कम्पनीमा एप्पलका उत्कृष्ट इन्जिनियरहरु ल्याउने कोसिस गरिरहेको छ।

एप्पलले आफ्ना उत्कृष्ट कर्मचारीलाई आफ्नो कम्पनीमा राख्नका लागि बोनस प्रदान प्रस्ताव गरेको हो। गत वर्ष डिसेम्बरमा एप्पलले सिलिकन डिजाइन, सञ्चालन र हार्डवेयरका लागि आफ्ना केही इन्जिनियरलाई १ लाख ८० हजार डलर (करिब २ करोड १८ लाख रुपैयाँ)सम्म बोनस दिएको थियो।

यसपटक पनि कम्पनीले आफ्ना उत्कृष्ट कर्मचारीलाई खुसी बनाउन बोनस दिने प्रस्ताव गरेको छ। कम्पनीले सफ्टवेयर र हार्डवेयर विभागका उत्कृष्ट इन्जिनियरहरुलाई यो बोनस दिने भएको छ। 

ब्लुमबर्गको रिपोर्टअनुसार यो प्राइमरली स्टक बोनस हो। यो पनि एप्पलमा राम्रो कर्मचारी राख्न कम्पनीको रणनीति हो। 

प्रतिवेदनका अनुसार छनोट भएका हार्डवेयर र सफ्टवेयर इन्जिनियरलाई १ लाखदेखि २ लाख डलरसम्मको बोनस दिइनेछ। – एजेन्सी