काठमाण्डौ । एप्पलले आज आईफोन १३ सिरिज लन्च गर्ने भएको छ। आज राति अमेरिकामा आयोजना हुन लागेको यो भर्चुअल इभेन्टलाई कम्पनीले ‘क्यालिफोनिर्या स्ट्रिमिङ’ नाम दिएको छ। यो इभेन्टमा आईफोन १३ सिरिजका साथ–साथै एप्पल वाच सिरिज ७ र एअरपड्स ३ पनि लन्च गरिने बताइएको छ।

रिपोर्टका अनुसार नयाँ आईफोन कयौँ एड्भान्स्ड फिचर्सहरुबाट सुसज्जित हुनेछ। नयाँ आइफोनको फेस अनलक फिचर अनुहारमा मास्क लगाउँदा पनि फोनलाई अनलक गर्न सक्छ। त्यस्तै फोनमा स्याटेलाइट कलिङ र १टीबी स्टोरेज प्राप्त हुनेछ। 

एप्पल आईफोन एनालिस्ट मिंग–ची कुओका अनुसार आईफोन १३ सिरिजको लेटेस्ट मोडल, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्समा ४ स्टोरेज अप्सन पाइनेछ। जसमा १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १टीबी समावेश छ। 

आईफोनमा यति धेरै स्टोरेज दिइएकोे यो पहिलोपटक हो। आईफोनमा मेमेरी कार्डको अप्सन हुने गर्दैन। यस्तोमा यदि १टीबी स्टोरेजको अप्सन प्राप्त हुन्छ भने प्रयोगकर्तालाई ठूलो राहत प्राप्त हुनेछ। 

अर्कोतर्फ आईफोन १३ र आईफोन १३ मिनीमा १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजको अप्सन प्राप्त हुनेछ। रिपार्टका अनुसार कम्पनीले आईफोन १३ सिरिजका चारवटा मोडल लन्च गर्न सक्ने सम्भावना रहेको छ। यसमा आईफोन १३, आईफोन १३ मिनी, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स रहेका छन्। 

आईफोन १३ रेन्जमा पछिल्लो भर्जनको तुलनामा स्मल नच हुन सक्छ र लाइट अब्जर्भ गर्नका लागि ठूलो क्यामेरा सेन्सर हुन सक्छ। नयाँ लाइनअपमा आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्समा पनि उत्कृष्ट अल्ट्रा–भ्वाइड क्यामेरा प्राप्त हुन सक्छ।

कलर अप्सनमा आईफोन १३ र आईफोन १३ मिनी ब्ल्याक, ब्लु, पिंक, पर्पल, रेड र ह्वाइट अप्सनमा उपलब्ध हुन सक्छ। आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स भने ब्ल्याक, ब्राउन, गोल्ड र सिल्भर कलर अप्सनमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। 

आईफोन १३ पोट्र्रेट सिनेम्याटिक भिडियो फिचरका साथ आउन सक्छ। जसले एउटा इलेक्ट्रिक इमेज स्टेब्लाइजेसन सिस्टमलाई सर्पोट गर्दछ। यसबाट प्रयोगकर्ताहरुले भिडियो रेकडिङ गर्दा ब्याकग्राउन्डलाई ब्लर गर्न सक्नेछन्। अप्टिकल इमेज स्टेबलाइजेसन(ओआईएस) क्यामेरा फिचर्सको सहायताबाट स्मुथ अपरेटिङ मोडमा स्विच गर्न सक्छन्। 

आईफोन १३ प्रो म्याक्समा पछिल्लो मोडलको तुलनामा १८–२० प्रतिशत ठूलो ब्याट्री उपलब्ध हुनेछ। प्रो मोडल डिस्प्लेमा १२० एचजेट (हर्ज) रिफ्रेस रेट हुनेछ। अर्थात गेमिङको अनुभव पुरानो सिरिजभन्दा राम्रो हुनेछ। 

आईफोन १३ रेन्जमा हार्डवेयर सपोर्ट एम्बेड गरिएको छ, जसलाई लन्च हुनुभन्दा केही महिनापछि रोलआउट गरिनेछ। यो फिचरको सहायताले प्रयोगकर्ताले आईफोन १३ लाई प्रत्यक्ष सेटेलाइटबाट प्रयोग गर्न सक्नेछन्। अर्थात नेटवर्क कभरेज नहुदा पनि विश्वको जुनसुकै स्थानमा पनि फोन गर्न सकिन्छ। 

द वर्जको रिपार्टका अनुसार आईफोन १३ मा सेटेलाइट कनेक्टिभिटीका लागि क्वालकमको कस्टमाइज एक्स६० बेसब्यान्ड चिपको प्रयोग गरिने सम्भावना रहेको छ। यसले आईफोन १३ प्रयोगकर्तालाई फोन कल गर्न र म्यासेज पठाउने अनुमति प्रदान गर्नेछ। 

आईफोन १३ सिरिजका अलावा यो इभेन्टमा एप्पल वाच सिरिज ७ पनि लन्च गर्ने सम्भावना रहेको छ। नयाँ एप्पल वाच फल्याट डिस्प्लेमा आउनेछ, जुन पछिल्लो एप्पल वाच सिरिज ६ भन्दा केही ठूलो हुनेछ। एप्पल वाच सिरिज ७ को ब्याट्री लाइफलाई पनि सुधार गरिएको छ। 

त्यस्तै एप्पल इभेन्टमा तेस्रो जेनेरेसनको एअरपड्सलाई पनि लन्च गर्न सक्ने सम्भावना रहेको छ। यो एअरपड्स प्रोजस्तो डिजाइनका साथ आउन सक्छ। वायरलेस चार्जिङ केस पनि प्राप्त हुन सक्छ। चार्जिङ केसमा २० प्रतिशत ठूलो ब्याट्री हुन सक्ने विश्वास गरिएको छ। 

एप्पलको क्यालिफोर्निया स्ट्रिमिङ इभेन्ट आज राति नेपाली समय १०ः४५ बाट सुरु हुनेछ। यो इभेन्ट एप्पलको इभेन्ट पेज र एप्पल अफिसियल युटुब च्यानलमा पनि स्ट्रिमिङ हुनेछ। – एजेन्सी