काठमाण्डौ । टेक कम्पनी एप्पलको वर्षको सबैभन्दा ठूलो लन्च कार्यक्रम आज अर्थात सेप्टेम्बर १२ मा हुँदैछ।
यस वर्ष कम्पनीले आफ्नो कार्यक्रमलाई ‘वन्डरलस्ट’ नाम दिएको छ। जुन क्यालिफोर्नियास्थित एप्पल मुख्यालयको ‘स्टिभ जब्स थिएटर’मा आयोजना हुनेछ।
नेपाली समयअनुसार यो कार्यक्रम राति १०ः४५ बजे सुरु हुनेछ। यो कार्यक्रम कम्पनीको वेबसाइट एप्पल डट कममा एप्पल टीभी एपमा अनलाइन हेर्न सकिन्छ।
एप्पलले यस इभेन्टमा आइफोन १५ सिरिजका साथ एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा २ पनि लन्च गर्न सक्छ। यद्यपि कार्यक्रममा कुन–कुन उत्पादनहरु लन्च हुने भन्नेबारे कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन। –एजेन्सी
12 hours ago
17 hours ago
17 hours ago
19 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
22 hours ago
22 hours ago