काठमाण्डौ । एप्पल कम्पनीको सरप्राइज आउने क्रम अझै जारी रहेको छ। यही क्रममा कम्पनीले यही नोभेम्बर महिनामा एउटा नयाँ डिभाइस लन्च गर्ने घोषणा गरेको छ।

एप्पलको अप कमिङ लन्चिङ इभेन्ट ‘वान मोर थिंग्स’ स्थानीय समयअनुसार यही १० नोभेम्बर बिहान १० बजे (नेपाली समयअनुसार राति ११ः४५) हुनेछ। यो वर्षको बाँकी लन्चिङ इभेन्टजस्तै यो इभेन्ट पनि भर्चुअल हुनेछ। जुन एप्पल पार्कमा हुनेछ।

यो लन्चिङ इभेन्ट एप्पलको साइट ‘एप्पल टीभी एप’ युट्युब च्यानलमा हेर्न सकिनेछ। नयाँ प्रडक्ट लन्च गर्नका लागि कम्पनीले मिडियाहरुलाई आमन्त्रण गरेको छ। उक्त लन्चिङ इभेन्टमा कुन प्रडक्ट लन्च हुनेछ भन्ने कुरा भने हालसम्म खुलाइएको छैन।

यद्यपि समाचार स्रोतहरुका अनुसार एप्पलको म्याक लाइनअप डिभाइज अपकमिङ लन्चिङ इभेन्टमा पेस गरिने सम्भावना छ। यसमा कम्पनीको इनहाउस प्रोसेसर प्रयोग गरिएको छ। जसका बारेमा लामो समयदेखि चर्चा चलिरहेको छ। तर यसको मतलब यो होइन कि इन्टेल बेस्ड म्याक पूर्ण रुपमा आउटडेटेड हुनेछ। एप्पलको नयाँ म्याक लाइनअपका बारेमा यही वर्ष जुनमा डब्ल्यूडब्ल्यूडीसी इभेन्टमा गरिएको थियो।

एप्पलले गत अक्टोबरमा एउटा लन्चिङ इभेन्ट आयोजना गरेको थियो। जहाँ एप्पलले आइफोन १२ मिनी, आइफोन १२, आइफोन १२ प्रो म्याक्स र आईफोन १२ प्रो लन्च गरेको थियो। त्यसअघि सेप्टेम्बरमा भएको लन्चिङ इभेन्टमा एप्पलले एप्पल वाच एसई, वाच सिरिज सिक्स र आइप्याड एअर लन्च गरेको थियो। – एजेन्सी