काठमाण्डौ। एप्पल र गुुगलले संयुुक्त रुपमा आफ्नो एक्सपोजर कोरोना ट्रेसिङ नोटिफिकेसन ‘एपीआई’ एपको पहिलो पब्लिक भर्सन सार्वजनिक गरेका छन्।

पहिलोपटक एप्पल र गुुगलको साझेदारीमा कन्ट्याक्ट ट्रेसिङ सफ्टवेयर टुल ल्याइएको हो। यसले संक्रमितको पहिचान तथा लोकेसनका डेटाहरुलाई सुुुरक्षित राखेर गोपनीयताको संरक्षण गर्ने बताइएको छ। 

एपीआईलाई कुुनै पनि सार्वजनिक स्वास्थ्य संस्थाहरुले यस किसिमको एप बनाउनका निम्ति एपीआईको प्रयोग गर्न सक्छन्। कोरोनाभाइरस संक्रमितहरुको सम्पर्कमा आएका संक्रमणको सम्भावित जोखिममा रहेकाहरुलाई यसले नोटिफिकेसन दिने काम गर्दछ।

एप्पल र गुुगल आफैंले भने कुुनै पनि एप वा एक्सपोजर नोटिफिकेसन बनाउने छैनन्। 

यो नोटिफिकेसन एपीआईले डिसेन्टलाइज्ड आइडेन्टिफायर सिस्टम तथा प्रयोगकर्ताको डिभाइसमा क्रिएट अथवा जथाभावी जेनेरेटेड टेम्प्रोरी कीहरु प्रयोग गर्छ। जसका कारण यसमा बनेका एपहरु प्रयोगकर्ताको निश्चित जानकारी वा पहिचानसँग भने बाँधिएको हुुँदैन। – एजेन्सी