काठमाण्डौ । जब स्मार्टफोनको कुरा आउँछ तब संसारमा दुई प्रकारका लोकप्रिय अपरेटिङ सिस्टम सबैको ध्यान जान्छ। त्यो हो, गुगलको एन्ड्रोइड र एप्पलको आईओएस। 

दुवै प्लेटफर्ममा करोडौँ प्रयोगकर्ता उपस्थित छन्। तिनीहरुको सेवा प्रयोग गर्न हामीले धेरै अनुमतिहरु दिनुपर्छ। यसमा शंका गर्न सकिँदैन कि गुगल र एप्पलजस्ता कम्पनीहरुले हाम्रो धेरै डाटा संकलन गर्छन्।

सामाजिक सञ्जाल कम्पनीहरुजस्तै गुगल र एप्पलले पनि हाम्रा बारेमा धेरै जानकारी संकलन गर्छन्। तिनीहरुसँग हाम्रो प्रोफाइल हुन्छ। जसमा हाम्रा धेरै विवरणहरु भण्डार गरिएका छन्। 

एप्पललाई तपाइँका बारेमा के–के थाहा हुन्छ ?

एप्पलले सधैँ प्रयोगकर्ताको गोपनीयतालाई महत्व दिन्छ। कम्पनीले तेस्रो पक्ष विज्ञापनदाताहरुलाई प्रयोगकर्ता डेटाको कम्तीमा एक्सपोजर दिन्छ। कम्पनीले केही समयपहिले एप ट्रयाकिङ ट्रान्सपरेन्सी फिचर थपेको छ। जसले प्रयोगकर्तालाई आफ्नो डाटामा थप नियन्त्रण प्रदान गर्दछ। यस फिचरको सहायताले प्रयोगकर्ताहरुले कुन एपले आफ्नो डाटा पहुँच गर्न सक्छन् र कुनलाई सक्दैन भन्ने निर्णय गर्न सक्छन्।

यद्यपि, यो सुविधापछि पनि एप्पल आफैँले धेरै प्रयोगकर्ता डाटा संकलन गर्दछ। कम्पनीले प्रयोगकर्ताहरुको एप्पल आईडी विवरण, तस्बिर र ई–मेलहरुमा स्टोर गरिएका डाटा र एप स्टोरबाट तपाइँको खरिदहरुबारे डाटा पहुँच गर्दछ। यदि तपाइँ चाहनुहुन्छ भने तपाइँ तपाइँको व्यक्तिगत डेटाको एक प्रतिलिपि डाउनलोड गर्न सक्नुहुन्छ।

यसका लागि तपाइँले प्राइभेसी डट एप्पल डट कममा जानुपर्छ। एप्पल खाताबाट लगइन गर्नुहोस्। यहाँ तपाइँले आफ्नो डाटाको प्रतिलिपिका लागि अनुरोध गर्नुपर्छ। त्यसपछि तपाइँले डेटा चाहने अप्सनहरुमा क्लिक गर्नुपर्नेछ। प्रक्रिया पूरा गरेपछि तपाइँले ई–मेलमार्फत आफ्नो डाटा प्राप्त गर्नुहुनेछ। प्रयोगकर्ताहरुले डाटा प्राप्त गर्न ठ दिन सम्म लाग्न सक्छ।

गुगलसँग तपाइँका बारेमा के–के डाटा हुन्छ?

गुगलको एन्ड्रोइड प्लेटफर्म पनि ठूलो संख्यामा मानिसहरुले प्रयोग गर्छन्। प्रयोगकर्ताले गुगलका सबै सेवाहरु प्रयोग गर्छन्। यस्तो अवस्थामा गुगलमा तपाइँको धेरै डाटा हुन सक्छ। यदि तपाइँ गुगलले तपाइँलाई ट्रयाक नगरोस् भन्ने चाहनुहुन्छ भने तपाइँसँग यसका लागि एउटामात्र तरिका छ। तपाइँले गुगलका सेवाहरु प्रयोग गर्न बन्द गर्नुपर्छ। 

तपाइँले गुगलमा उपलब्ध आफ्नो डाटा जाँच गर्न सक्नुहुन्छ। यसका लागि तपाइँले myactivity.google.com/activitycontrols मा गएर गुगल खातामा साइन इन गर्नुपर्नेछ। त्यहाँ तपाइँले आफ्नो प्रोफाइल देख्नुहुनेछ। गुगलसँग तपाइँको पूर्ण सर्च हिस्ट्री, लोकेसन ट्रयाकिङ, युट्युब हिस्ट्री र पर्सनलाइज्ड एड्सको विवरणहरु हुन्छन्। त्यहाँ तपाईंले सबै वेब र एप गतिविधि व्यवस्थापनको विकल्पमा क्लिक गर्नुपर्नेछ। त्यहाँबाट तपाइँ आफ्नो गतिविधि जाँच गर्न सक्नुहुन्छ।

यदि तपाइँ चाहनुहुन्छ भने तपाइँ म्यानुअल रुपमा गुगलमा भण्डारण गरिएको आफ्नो डाटा मेटाउन सक्नुहुन्छ। तपाइँ पनि युट्युब डाटा र लोकेसन हिस्ट्री मेटाउन सक्नुहुन्छ। –एजेन्सी