काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले औद्योगिक करिडोर क्षेत्रका उद्योगको विगत र वर्तमान अवस्था विषयक अन्तर्क्रिया सञ्चालन गरेको छ ।
अन्तर्क्रियामा त्यस क्षेत्रमा रहेका टेक्साइल, जुट, चिनी लगायतका विभिन्न उद्योग बन्द हुनुका कारण तथा कृषि र उद्योग क्षेत्रका जोखिमका बारेमा सम्वन्धित सरोकारवालाहरूले आ–आफ्नो धारणा राखे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतले माग पक्षको पर्याप्त अध्ययन विना उद्योग स्थापना र सञ्चालन गर्दा उद्योग स्थापनासँगै अतिरिक्त जोखिमपनि रहने हुनाले त्यसतर्फ ध्यान दिनुपर्ने औंल्याए। उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने नीति र अभ्यास नहुनु, भन्सार नीति र प्रशासनमा रहेका समस्याका कारण कच्चा पदार्थ र अन्तिम उत्पादनमा समान कर तथा शुल्क तिर्नुपर्ने अवस्था रहनु, भन्सार छलेर आयात हुने अवस्थालाई सरकारी अन्देखा भएका कारणले स्थानीय उत्पादनभन्दा आयातित बस्तुको बजार मुल्य कम हुनु, विगतमा रहेको अत्याधिक विद्युत कटौतीका कारणले उत्पादन लागत उच्च हुनु, सरकारले पुँजीगत खर्च गर्न नसक्नु, कतिपय उद्योगमा विना अध्ययन बाह्य लगानी भित्र्याइनु आदि कारणले स्वदेशमा उद्योग खोल्न र सञ्चालन गर्न कठिन रहेको बताए।
कार्यक्रममा द एसिया फाउन्डेसनको सहयोगमा कोशी प्रदेश र कोशी प्रदेशको आर्थिक वृद्धिसम्बन्धी अध्ययन गरिरहेको कम्युनिटी इन्गेजमेन्ट एण्ड आउटरिच प्रालिका डेपुटी टिम लिडर अनिरुद्र न्यौपानेले नेपालको समग्र अर्थतन्त्रको तुलनामा कोशी प्रदेशको अर्थतन्त्रमा कृषि र उद्योगको योगदान बढी रहेको सन्दर्भमा यसलाई सवल पक्षका रुपमा लिंदै कृषि उत्पादन र कृषि प्रशोधनलाई एक अर्काका परिपुरकका रुपमा लिएर सरकार र निजी क्षेत्रका बीच प्रभावकारी सझेदारइी हुनुपर्ने उल्लेख गरे।
कार्यक्रममा करिडोर क्षेत्रमा विगतमा तामाको तार, बनस्पती घिउ, जिङ्क अक्साइड, प्लास्टीक उद्योग लगायतका ठूला, मझौला र साना उद्योग बन्द भएको औँल्याउँदै सहभागीहरुले त्यसका कारण खोजी गरेर आगामी रणनीति निर्धारण गरिनुपर्नेमा जोड दिएका थिए।
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
18 hours ago