काठमाण्डौ । उद्योग वाणिज्य महासंघको प्रारम्भिक मत परिणामअनुसार जिल्लानगरका केन्द्रीय सदस्यहरुमा मिश्रित परिणाम आउने देखिएको छ । 

हालसम्मको मतपरिणामअनुसार किशोर प्रधान र चन्द्रप्रसाद ढकालबाट जिल्लानगरबाट कार्यसमिति सदस्यमा उम्मेद्वार दिएकाहरुले मिश्रित मत पाइरहेका छन् । 

प्रारम्भिक रुझानअनुसार अजरमान जोशी, अरुणराज सुमार्गी, अशोक ताम्राकार, उमेश डालमिया, मनोजकुमार मुन्धडा, गजेन्द्रकुमार भगत, गोपाल केडिया, अमृत भट्टचन लगायतका उम्मेद्वारहरुले राम्रो उम्मेद्वार पाइरहेका छन् ।