काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फबाट कार्यकारिणी समिति सदस्यमा बहुमत सदस्य किशोर प्रधान समूहका आएका छन् । 

जिल्लानगरबाट कार्यकारिणी समिति सदस्यमा १२ जना किशोर प्रधान समूहका र ६ जना चन्द्रप्रसाद ढकाल समूहका उम्मेद्वार विजयी भएका हुन् । 

जिल्लानगरतर्फ कार्यकारिणी समिति सदस्यहरुमा निर्वाचित हुनेहरु र उनीहरुले ल्याएको मत :
राजन श्रेष्ठ: ७३
तारानाथ घिमिरे: ७२
शोभाकान्त पौडेल: ७०
कमलकुमार श्रेष्ठ: ६९
गजेन्द्रकुमार भगत: ६८
चक्रबहादुर अधिकारी: ६७
अरुण सुमार्गी: ६६
देवकुमार श्रेष्ठ: ६५
रामेश्वर मानन्धर: ६३
कमनबहादुर खड्का: ६२
शुरकृष्ण वैद्य:६१
कविरकुमार श्रेष्ठ: ५८
डीबी बस्नेत: ५८
गोपाल केडिया: ५५
महेन्द्रकुमार श्रेष्ठ: ५४
उमेश डालमिया: ५३
किशोरकुमार आचार्य: ५२
अमृत भट्टचन: ५१