काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले जीत हासिल गरेका छन् ।

किशोर प्रधान समूहका श्रेष्ठले चन्द्रप्रसाद ढकाल समूहका गुणनीधि तिवारीलाई हराउँदै जीत हासिल गरेका हुन् । 

श्रेष्ठले ५८ मत प्राप्त गरे भने तिवारीले ४७ मत हासिल गरे ।

यसअघि जिल्लानगरतर्फबाट कार्यसमिति सदस्यमा निर्वाचित १८ सदस्यमध्ये १२ जना प्रधान समूहका छन् भने बाँकी ६ जना ढकाल समूहका छन् । 

अहिले मतगणनास्थित कमलादिको प्रज्ञा प्रतिष्ठान परिसरमा प्रधान समूहका मतदाता तथा शुभेच्छुकहरुले अबिरमाला र नाराबाजी गर्दै खुशियाली मनाइरहेका छन् । 

उता, प्रतिष्ठानको हलभित्र भने वरिष्ठ उपाध्यक्षको मतगणना सुरु हुन लागेको छ । 

धेरै मत संख्या रहेको एशोसिएटतर्फको मतगणना भने जारी छ ।