काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएसटतर्फको उपाध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल प्यानलका उम्मेद्वार रामचन्द्र संघाईले जित हासिल गरेका छन् । 

भर्खरै प्राप्त मतपरिणामअनुसार एशोसिएटतर्फका उपाध्यक्ष संघाईले ४५५ मत पाएका छन्। उनका प्रत्यासी किशोरकुमार प्रधान समूहका सौरभ ज्योतिले ४३४ मत पाएका छन् । यसरी संघाईले २१ मतको अन्तरले जित हासिल गरेका छन् ।

एशोसिएटतर्फको उपाध्यक्ष पदमा निकै कडा प्रतिस्पर्धा देखिएको थियो ।  

एशोसिएटतर्फ ८९० वटा मत खसेको थियो । खसेको मतमध्ये एउटा मत रद्ध भएको थियो । 

यसअघि महासंघको जिल्लानगर उपाध्यक्षमा भने प्रधान समूहका दिनेश श्रेष्ठ र वस्तुगततर्फ पनि प्रधान प्यानलकै अञ्जन श्रेष्ठले जित हासिल गरिसकेका छन् । 

जिल्लानगरबाट कार्यकारिणी सदस्यमा प्रधान समूहको बहुमत आएको छ भने वस्तुगततर्फको सदस्यमा भने दुवै प्यानलका बराबरी सदस्य निर्वाचित भएका छन् ।